बर्दियामा चरेससहित ३ जना पक्राउ – Nepal Press

बर्दियामा चरेससहित ३ जना पक्राउ

काठमाडौं । बर्दियामा लागुऔषध चरेससहित ३ जना पक्राउ परेका छन् ।

पक्राउमा पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका-८ शितलाकारका ४८ वर्षीय बलबहादुर कामी, बाँके खजुरा गाउँपालिका-८ का २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय कालीबहादुर चदारा छन् ।

शंकास्पद हाउभाउ देखाएपछि इलाका प्रहरी मैनापोखरको टोलीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाएर राखेको ६९४ ग्राम चरेस फेला परेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर