आगामी बजेटका लागि करार तथा ज्यालादारी कर्मचारीले दिए सरकारलाई ५ सुझाव – Nepal Press

आगामी बजेटका लागि करार तथा ज्यालादारी कर्मचारीले दिए सरकारलाई ५ सुझाव

काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटको पूर्वसन्ध्यामा सरकारलाई विभिन्न सुझाव दिएका छन् । अर्थमन्त्री बिष्णु पौडेलमार्फत सरकारलाई विभिन्न ५ वटा मुख्य विषयलाई सम्बोधन गर्न अनुरोध गर्दै सुझावपत्र दिएको संघले जनाएको हो ।

अहिलेको महामारीको परिस्थितिमा अस्थायी र ज्यालादारी कर्मचारीले पनि स्थायी कर्मचारीले जस्तै जोखिम बहन गरेर सेवा गरिरहेको तर राज्यले विभेद गरिरहेको तीतो यथार्थता रहेको संघका अध्यक्ष विमला आचार्यले बताइन । सुझावमा सबैभन्दा पहिलो नम्बरमा कोभिड–१९ को बेला अग्रपंक्तिमा खटिएका सम्पूर्ण अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई शतप्रतिशत भत्ता दिने व्यवस्था मिलाउन अनुरोध गरिएको अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित सुझावपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षदेखि एकमुष्ट रुपमा १०हजार तलब वृद्धिको माग पनि सुझाव पत्रमा गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा कोष र लामो समय कार्य गरेकालाई उपदानको माग गरिएको छ । त्यस्तै स्थायी कर्मचारीलाई जस्तै महंगी भत्ताको पनि व्यवस्थाको माग गरिएको छ । त्यस्तै सरकारले सुरुको तोके अनुसारकै पारिश्रमिकपाउने व्यवस्थालगायतको माग सुझाव पत्रमा उल्लेख छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर