बास्कोटाको व्यंग्य–दरबारमा निवेदन हाल्ने र प्रजातन्त्र बुझाउने हस्ती सुधारिएको पञ्चायत माग्न अदालत गएछन् – Nepal Press

बास्कोटाको व्यंग्य–दरबारमा निवेदन हाल्ने र प्रजातन्त्र बुझाउने हस्ती सुधारिएको पञ्चायत माग्न अदालत गएछन्

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले नेता माधवकुमार नेपालमाथि बहुदलीय व्यवस्थामा निर्दलीय प्रणाली माग्न अदालत गएको आरोप लगाएका छन् ।

एमालेका २३ सांसदसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गरे लगत्तै बास्कोटाले सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुई हस्ती अदालत गएको टिप्पणी गरेका हुन् ।

बास्कोटाले भनेका छन्–सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती (दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन।बहुदलमा निर्दलको माग !

रिट निवेदनमा देउवालाई समर्थन गरेका आधारमा एमालेका सांसदमाथि कारवाही हुनबाट रोक्न समेत माग गरिएको सन्दर्भमा बास्कोटाले बहुदलमा निर्दलको माग गरिएको बताएका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर