लुम्बिनीको राष्ट्रियसभा उपचुनावमा गठबन्धनबाट पाण्डेयको उम्मेदवारी दर्ता – Nepal Press

लुम्बिनीको राष्ट्रियसभा उपचुनावमा गठबन्धनबाट पाण्डेयको उम्मेदवारी दर्ता

दाङ । जेठ १७ गते तय लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनबाट पाण्डेयले उम्मेदवारी दिएका हुन् ।

एमालेबाट जितेका पाण्डेयले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । उम्मेदवारी दर्ता गराउँदै उनले आफ्नो जित सुनिश्चित भइसकेको दावी गरे ।

सत्तारुढ नेकपा एमालेले भने चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर