सुनको मूल्य तोलामा ६ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो ।

मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै  छापावाल सुन प्रतितोला  ९३ हजार ४ सय रुपैयाँमा कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीमा पनि एकैचोटी तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर