नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री – Nepal Press

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुखमा कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।

खत्री यस अघि सोही कम्पनीमा निमित्त सीइओको रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो समयको अनुभव बटुलेका खत्री नेशनल लाइफ इन्स्योरेन्समा लामो समयदेखि आवद्ध छन् ।

कम्पनीको सञ्चालक समितिले गरेको खत्रीको नियुक्तिलाई बीमा समितिले पनि स्वीकृत प्रदान गरेको छ । कम्पनीका अनुसार मंगलबार मात्र खत्रीले सीईओको पदभार ग्रहण गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर