मदन-आश्रित स्मृति दिवसमा भाषणबिनाको संक्षिप्त श्रद्धाञ्‍जली (तस्बिरहरु) – Nepal Press
मदन-आश्रित स्मृति दिवस

मदन-आश्रित स्मृति दिवसमा भाषणबिनाको संक्षिप्त श्रद्धाञ्‍जली (तस्बिरहरु)

काठमाडौं । नेकपा (एमाले)का नेताहरुले तत्कालीन महासचिव मदन भण्डारीलाई स्मरण गरेका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरु तत्कालीन पार्टी कार्यालय रहेको बल्खु पुगेर मदनको शालिकमा माल्यार्पण गरे ।

कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धान्जली दिइएकाले कसैले पनि भाषण नगरेको एमाले केन्द्रीय कार्यलय सचिव शेरवहादुर तामाङले बताए ।

प्रधामन्त्री ओलीले सोमबार बिहान साढे नौ बजे पुगेर मदनको सालिकमाथि माल्यार्पण गरे। उनीसँगै उनकी पत्नी राधिका शाक्यले पनि मदनको सालिकमा माल्यार्पण गरिन् ।

त्यसपछि महासचिव ईश्वर पोखरेलले मदनप्रति श्रद्धान्जली अर्पण गरे । पोखरेलपछि हालै माओवादी केन्द्र छाडेर एमाले गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मदनप्रति श्रद्धान्जली अर्पण गरे ।

कार्यालय सचिव तामाङका अनुसार उनले माधव नेपालसहितका सबै नेताहरुलाई श्रद्धान्जली अर्पण गर्ने कार्यक्रमका लागि एसएमएसमार्फत खबर गरेका थिए । तर, नेपाल भने बल्खु गएनन् । तर, उनी पक्षीय नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेका थिए ।

त्यस्तै एकता अभियान चलाएका नेता बामदेव गौतम पनि बल्खु गएका थिए ।

भण्डारीको २८ वर्षअघि आजकै दिन चितवनको दासढुंगामा सहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। उनी जनताको बहुदलीय जनबाद (जबज)का प्रणेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *