आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने – Nepal Press
आज पनि यातायात व्यवसायीको प्रदर्शन, सरकारलाई चावी बुझाउने
फोटो फिचर
नेपाल प्रेस २०७८ साउन १० गते १२:०१
२०७८ साउन १० गते १२:०१

काठमाडौं । विभिन्न माग राखेर संघर्षरत यातायात व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् । उपत्यकाको माइतीघरमा प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखिएको छ ।

७ बुँदे मागमा यीबाहेक यातायातको भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि उनीहरूको छ ।

आफूहरूको माग पूरा नगरे सार्वजनिक सवारी ठप्प पार्ने व्यवसायीले चेतावनीसमेत दिएका छन् ।



 

तस्बिरहरू : सरोज बैजु