देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे) – Nepal Press

देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

काठमाडौं । ‘ओइ काजल…’ गीतबाट नाम कमाएका सुदुरपश्चिमेली गायक चक्र बमले दर्शक-स्रोतालाई अर्को मिठो सौगात दिएका छन् । उनले गायिका अनिता चलाउनेसँग देउडा भाकामा गाएको गीत ‘खेल मेरी दर्कादरी’ भर्खरै युट्यूवमा रिलिज गरिएको छ ।

यो गीतमा चक्र बमकै रचना र संगीत रहेको छ । भोकलमा चक्र र अनितालाई केही कोरस गायक–गायिकाले सहयोग गरेका छन् ।

डोटेली भाषा नबुझ्ने पनि गीतको कर्णप्रिय संगीत र मिठासपूर्ण स्वरबाट मोहित बन्न सक्छन् । यद्यपि, दर्शक-स्रोताको सहजताका लागि युट्यूवमा गीतको पुरा लिरिक्स पनि राखिएको छ ।

देउडा भाका रुचाउनेले यो गीत रिपिट गरिगरी सुन्नेछन् । गीतको भिडियोमा पनि चक्र र अनिता नै फिचर्ड छन् । भिडियोको निर्देशन शिव बिकेले गरेका छन् ।

चक्र बमको आफ्नै युट्यूव च्यानलबाट अपलोड गरिएको यो गीतलाई २४ घन्टाभित्र ८० हजारभन्दा बढी भ्यूज प्राप्त भएको छ । गीतमा आएका प्रतिक्रिया अत्यधिक सकारात्मक रहेका छन् ।


प्रतिक्रिया

One thought on “देउडाको सुगन्धमा चक्र र अनिताले ल्याए– खेल मेरी दर्कादरी -(भिडियाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर