‘डजक्‍वाइन’मा लगानी गरेर करोडौं कमाएका बैंङ्कका निर्देशकले जागिर छोडे – Nepal Press

‘डजक्‍वाइन’मा लगानी गरेर करोडौं कमाएका बैंङ्कका निर्देशकले जागिर छोडे

लन्डन । अमेरिकी मल्टिनेसनल कम्पनी गोल्डम्यान साच्सका एक कार्यकारीले क्रिप्टोकरेन्सीमा गरेको लगानीबाट आकस्मिक रूपमा मिलियन पाउन्ड कमाएसँगै जागिर छोडेका छन् ।

बहुप्रतिष्ठित कम्पनीको लन्डन शाखामा प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेका अजिज म्याकमोनले पछिल्लो समय चर्चामा रहेको ‘डजक्वाइन’मा लगानी गरेर १ करोड पाउन्ड कमाएसँगै जागिर छोडेको बैङ्कलाई उद्धृत गर्दै सिएनबिसीले लेखेको छ ।

साच्सका अन्य कर्मचारीले म्याकमोहनको प्रवृति ‘इन्ट्रोभर्ट’ भएको र आफ्ना व्यक्तिगत कुराहरू कसैलाई नसुनाउने भएकाले उनको लगानीबारे आफूहरु अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । बैङ्कले बताएअनुसार उनले कम्तिमा पनि १ करोड पाउन्ड (१ करोड ४० लाख अमेरिकी डलर) नाफा कमाएका छन् ।

अमेरिकी प्रतिष्ठित कम्पनी टेस्लाका मालिक एलोन मस्क, र्‍यापर स्नुप डग लगातयका सेलेब्रिटीले प्रोमोट गरिरहेको डजक्वाइनको मूल्य पछिल्लो एक वर्षमा २१ हजार १२६ प्रतिशत बढेर ७३ सेन्टसम्म पुगेको थियो ।

अमेरिकी प्रतिष्ठित कार निर्माता कम्पनी टेस्लाले बिट्क्वाइनबाट कार किन्न मिल्ने बनाएपछि उक्त क्रिप्टोकरेन्सीको मूल्य आकाशिएको थियो । तर, वातावरण मैत्री नभएकोले अब बिट्क्वाइनबाट टेस्ला कार किन्न नमिल्ने भएको छ ।

बिट्क्वाइनको स्थानमा अब टेस्लालले डजक्वाइन सपोर्ट गर्ने तयारी गरिरहेको छ । टेस्लाका मालिक इलोन मस्कले पनि यसको प्रक्रिया अगाडि बढिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *