चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो, थप लिन वाइडबडी जहाज बेइजिङमा – Nepal Press

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो, थप लिन वाइडबडी जहाज बेइजिङमा

काठमाडौं । चीनले नेपाललाई दिएका १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारले जनाएको छ ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् । उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौं ल्याउने तयारी छ ।

तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौं पठाइने भन्सार कार्यालयले जनाएको छ । सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

शनिवार साँझै नेपाल एयरलाइन्सको वाइडबडी जहाज थप अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन बेइजिङ उडिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *