कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन् – Nepal Press

कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन्

काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व गर्न अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत नपुग्ने निष्कर्ष सुनाएका छन् ।

पदाधिकारी बैठकमा देउवाले महन्थ ठाकुरले समर्थन नगर्ने भनेको र माधव नेपाल पक्षले पनि राजीनामा नदिएको भन्दै बहुमत दावी गर्ने अवस्थाा नरहेको बताएका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले भने, ‘महन्थजीले समर्थन दिन सक्दिन भनेको देउवाजीले जानकारी दिनुभयो । बहुमत पुर्‍याउन गार्‍हो पर्ने देखिएको छ । अब ओलीजीले नै सपथ लिने भन्ने सुन्दैछु । हेरौं कुन धारा अनुसार सपथ लिन्छन् । बाँकी कुरा त्यसपछि थाहा होला ।’


प्रतिक्रिया

One thought on “कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन्

  1. याे देशकाे प्रधानमन्त्री भइ सकेकाले संबिधानकाे कुन धार अनुसार सपथ लीदैछन थाहा छैन धारा ७६ काे ३ अनुसार सपथ लीदैछन देउवा बाजे ।

Leave a Reply to नरेश कमार शाही Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर