माधव नेपालसहित चारै नेतालाई निलम्बन फुकुवाको पत्र पठाइयो (पत्रसहित) – Nepal Press

माधव नेपालसहित चारै नेतालाई निलम्बन फुकुवाको पत्र पठाइयो (पत्रसहित)

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई कारवाही फुकुवा गरिएको पत्र सम्बन्धित व्यक्तिलाई पठाएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला कारवाही फुकुवाको पत्र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत पठाइएको हो ।

अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्रमा २०७ठ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख छ ।

कारवाही फिर्ताको पत्र पठाई सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर