मर्जका लागि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच एमओयूमा हस्ताक्षर हुँदै – Nepal Press

मर्जका लागि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच एमओयूमा हस्ताक्षर हुँदै

काठमाडौं । नेपालका दुई ठुला बाणिज्य बैंकहरु हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक बीच मर्जका लागि सम्झौता पत्रमा ‘एमओयू’ हस्ताक्षर हुने भएको छ ।

आज ३ बजे ज्ञानेश्वस्थित एलक्स होटलमा दुई बैंकहरुको सञ्चालक समितिको उपस्थितिमा ‘एमओयू’ हस्ताक्षर हुन लागेको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले नेपाल प्रेसलाई बताए ।

‘धेरै ठुलो मेहनतका विच मर्जका लागि सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ , कोभिडका कारण ठुलो समारोहको आयोजना नगरी दुबै बैंकका सञ्चालक समितिका सदस्यहरु उपस्थितिमा एमओयू हुन लागेको हो’ पाण्डेले भने ।

मर्जका लागि सम्झौता पत्रमा हस्ताक्षर भएपछि ज्वाइन्ट मर्ज कमिटी गठन हुने र त्यसले बाँकी काम सम्पन्न गर्ने पाण्डले बताए । हाल दुबै बैंकले आ-आफ्नो मर्ज कमिटी मार्फत काम अगाडि बढाइरहेका थिए । उक्त संयुक्त मर्ज कमिटीले नयाँ बैंकको सेयर बाँडफाँड अनुपात ‘स्याव रेसियो’ निर्धारण गर्नेछ ।

मर्जपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक कायम गरिएको छ भने यसको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे रहने सहमति भएको छ । त्यस्तै बैंकको सिइओमा अशोक शम्सेर जबरा रहने छन भने डिपुटी सिइओ ज्याति पाण्डे हुनेछन् । अशोक शम्मेर पछी उक्त बैंकको सिइओ ज्योति पाण्डलाई दिने सहमति समेत भएको छ ।

मर्जका लागि सम्झौता पत्रमा हस्ताक्षर भएपश्चात दुबै कम्पनीको सेयर खरिदविक्री रोक्का गरिनेछ । आज सहमतिमा हस्ताक्षर भएपश्चात नेप्सेलाई पत्र पठाइने र भोली देखी नै दुबै कम्पनीको सेयर कारोबार रोक्का हुने पाण्डेको भनाई छ । नेप्सेमा कारोबार रोक्का गरेपछी दुबै बैंकलाई चाडों मर्जका लागि दबाब पर्ने समेत उनको भनाई छ ।

हिमालय बैंकमा पाकिस्तानी कम्पनी हविव बैंकको २० प्रतिशत लगानी रहेको छ । मर्ज पश्चात उक्त सेयर बिक्रीका लागि हविव तयार भएको समेत पाण्डेले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर