देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेको छु : पौडेल – Nepal Press

देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेको छु : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय रहेको बताएका छन् ।

बूढानीलकण्ठमा पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा नेता पौडेलले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूले प्रयास गरिरहेको बताएका हुन् ।

‘मैले त पहिलेदेखि नै ओलीलाई हटाएर कांग्रेसको सरकार बनाउनुपर्छ भनेको हुँ । पार्टीले सर्वसम्मत रूपमा निर्णय गरिसकेको छ । अब अरु दललाई सहमतिमा ल्याउन लागिपरेका छौ’, पौडेलले नेपाल प्रेससँग भने ।

अब बन्ने सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसमा कुनै विवाद नरहेको भन्दै नेता पौडेलले ओलीको विकल्प खोज्न अन्य दलले पनि ठोस निर्णय लिनुपर्ने बताए । ‘कांग्रेसले ओलीको अधिनायकवादी आकांक्षलाई परास्त गरिसकेको छ । अब वैकल्पिक सरकार बनाएर अगाडि बढ्न सबै तयार हुनुपर्छ’, उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर