कैलालीमा एकै दिन ८ संक्रमितको मृत्यु – Nepal Press

कैलालीमा एकै दिन ८ संक्रमितको मृत्यु

कैलाली । कैलालीमा आज ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भिमदत्त नगरपालिका ५ का ३३ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुषकाे मृत्यु  भएकाे छ ।

यस्तै  धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ कि ४२ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

त्यस्तै टीकापुर अस्पतालमा टिकापुर नगरपालिका १ का ५१ वर्षीय महिला र टिकापुर ७ कि ६३ वर्षीय महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका १ का ६७ वर्षीय महिलाको अस्पतालबाट घरमा पुराएपछि ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

कैलालीमा थप २७६ जनामा संक्रमण पुष्टि

कैलालीमा आज २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ जनाको परीक्षण गर्दा २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

ती मध्ये कैलालीका मात्रै २७६ जना रहेको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढीमा सबै भन्दा धेरै १७० जना संक्रमित फेला परेका छन् । कैलालीका अन्य स्थानीय तहमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलाली बाहेकका जिल्लामा २० जना संक्रमित थपिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । ५५ शय्याको कोरोना अस्पतालमा ५९ जना संक्रमितकको उपचार भइरहेको छ ।

५ जना भेन्टिलेटरमा छन् भने १३ जनालाई आइसियुमा राखिएको छ । त्यस्तै ३६ जनालाई अक्सिजनमा राखिएको र ५ जना मोड्रेटमा रहेको सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा कैलालीमा ५ जना निको भएका छन् भने १५ जना भर्ना भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर