ओलीका प्रतिनिधिसँगको वार्तालगत्तै माधव नेपाल आफूनिकट सांसदसँग छलफलमा – Nepal Press

ओलीका प्रतिनिधिसँगको वार्तालगत्तै माधव नेपाल आफूनिकट सांसदसँग छलफलमा

काठमाडौं । नेकपा एमालेको विभाजन र माधव नेपाल पक्षका सांसदको राजीनामा रोक्ने प्रयास जारी रहेका बेला अध्यक्ष केपी ओलीका प्रतिनिधिसँग नेपालको वार्ता आधा घण्टामै टुंगिएको छ ।

सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको हलमा ओलीका प्रतिनिधि विष्णु पौडेल र सुवास नेम्वाङसँग नेता नेपालले संक्षिप्त छलफल गरेका थिए । वार्ता उपलब्धिमूलक हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ ।

ओली र नेपालबीच टेलिफोनमा कुराकानीपछि वार्ताका लागि पौडेल र नेम्वाङलाई खटाइएको थियो । वार्ताको विषयमा नेपालले कुनै प्रतिक्रिया दिन मानेनन् । नेम्वाङले भने फेरि पनि आवश्यकता अनुसार ओली र नेपालकै तहमा वार्ता हुनसक्ने बताए ।

वार्तामा पौडेल र नेम्वाङले राजीनामाको बारेमा र माधव पक्षले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा चासो राखेका थिए । वार्तापछि पौडेलले राजीनामाको कुरा नआएको बताए ।

पौडेल र नेम्वाङसँगको वार्तालगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरबारमा बसिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर