प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक जारी – Nepal Press

प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक जारी

काठमाडौं । संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।

परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

तर, परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ ।

याे पनि पढ्नुस्
यसकारण प्रधानन्यायाधीश राणा संवैधानिक परिषद्को‌ बैठकमा जान्छन्


प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक जारी

  1. केपी ओलीले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि बाटो खुल्ला गर्नुपर्छ ।।कोरोनाले जनता ढलिरहेका बेला सबै राजनीतिक दलहरू एकै ठाउँमा आउनुको विकल्प छैन ???????????

Leave a Reply to dendi sherpa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर