नेपाली मूलका गुरुङ लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा निर्वाचित – Nepal Press

नेपाली मूलका गुरुङ लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा निर्वाचित

लन्डन । बेलायतको लन्डनस्थित हनस्लो बरो काउन्सिलको मेयरमा नेपाली मूलका विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित भएका छन् ।

हनस्लो बरोको साधारणसभाले गुरुङलाई मेयरमा निर्वाचित गरेको हो । उनको कार्यकाल एक वर्षको हुनेछ ।

पूर्व गोरखा सैनिक समेत रहेका गुरुङ काउन्सिलमा काउन्सिलरका रुपमा कार्यरत थिए । यसअघि पनि उनी सोही काउन्सिलको उपमेयर थिए ।

यसअघि बेलायतमा नेपाली मूलका शंकर गैरे र जगन्नाथ शर्मा स्थानीय काउन्सिलको मेयरमा निर्वाचित भइसकेका छन् । लण्डनभित्रको बरो काउन्सिलहरुमा नेपाली मुलको मेयर हुनेमा भने गुरुङ पहिलो हुन् ।

मेयरमा निर्वाचित भएपछि गुरुङले दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । च्यारिटीमार्फत सामाजिक सेवामा जोडिने जानकारी दिँदै उनले नेपालको विभिन्न खानेपानी, बाटो, शिक्षालगायतका क्षेत्रको उत्थानमा निरन्तर सक्रिय हुने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *