कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने- दिंदैनौँ (भिडियो) – Nepal Press

कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत, देउवाले भने- दिंदैनौँ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको बताए ।

जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए ।

‘प्रधानमन्त्रीजीसहित एमालेका साथीहरू आउनुभएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभयो । सभापतिजीले विपक्षी पार्टीले प्रधानमन्त्रीलाई मत दिन नसक्ने जवाफ दिनुभयो’, डा. महतले पत्रकारहरूसँग भने ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेकाले ‘मिलेर जान’ प्रस्ताव गरेका थिए ।

कांग्रेस नेताहरूले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिएको भन्दै लोकतन्त्र संकटमा पर्ने काम ओली सरकारबाटै भएको दावी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर