लकडाउनको समयमा जोखिममा रहेका महिलाको अभिभावकत्व लिन स्थानीय सरकारलाई आग्रह – Nepal Press

लकडाउनको समयमा जोखिममा रहेका महिलाको अभिभावकत्व लिन स्थानीय सरकारलाई आग्रह

काठमाडौं । सत्तारुढ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघले लकडाउनको बेला महिला, वालवालिकामाथि हिंसा र दुर्व्यवहार हुन सक्ने भन्दै त्यसको रोकथामका लागि सचेत रहन आग्रह गरेको छ ।

महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका अध्यक्ष सीता पौडेल र सचिव सुजिता शाक्यले संयुक्त अपील प्रकाशित गर्दै आफ्नो समुदाय र छिमेकमा यस्ता हिंसाका घटना भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको छ ।

महिला संघले कोरोना संक्रमण रोकथाम गर्न गरिएको निषेधाज्ञाका समयमा जोखिममा रहेका, न्यून आय भएका श्रमजिवी तथा सीमान्तकृत महिलाको गाँसवासको सुनिश्चितताको लागि स्थानीय सरकारलाई योजना बनाउन समेत आग्रह गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘स्थानीय सरकारहरुले योजना बनाएर अति जरुरी परेका नागरिक वा समुदायलाई सहयोग गरी राज्यले अभिभावकत्व प्रदान गर्न हार्दिक अपील गर्दछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर