रक्सी नपाएको झोकमा सेनिटाइजर पिउँदा मुम्बईमा ७ को मृत्यु – Nepal Press

रक्सी नपाएको झोकमा सेनिटाइजर पिउँदा मुम्बईमा ७ को मृत्यु

मुम्बई । सेनिटाइजर पिउँदा महाराष्ट्रमा शनिबार सातजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मदिरा नपाउँदा उनीहरुले सेनिटाइजर पिएका थिए ।

यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरुले सेनिटाइजर पिएका थिए । ती सबै मृतक मजदूर रहेको बताइएको छ ।

वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे छानविन भैरहेको बताए । महाराष्ट्रमा अहिले लकडाउन लागु छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर