आर्थिक सहायता अनुदानका लागि ३ लागू औषध उपचार तथा पुनस्र्थापना केन्द्र छनौट – Nepal Press

आर्थिक सहायता अनुदानका लागि ३ लागू औषध उपचार तथा पुनस्र्थापना केन्द्र छनौट

काठमाडौं । सरकारले लागू औषध उपचार तथा पुनस्र्थापना केन्द्र आर्थिक सहायता अनुदानका लागि ३ वटा केन्द्र छनौट गरेकाे छ। गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले ललितपुरको माया नेपाल, काठमाडौंको रिचमण्ड फलोसिप नेपाल र दाङको निर्णय नामक संस्था अनुदान (आर्थिक सहायता) का छनौट गरेकाे हो ।

जसमा माया नेपाल र निर्णय दाङले एक एक लाख र रिचमण्ड फेलोसिप नेपालले ९५ हजार ५ सय अनुदान रकम उपलब्ध गराउन लागिएको हो । मन्त्रालयका अनुसार उपचार तथा पुनस्र्थापाना केन्द्रमा उपचारार्थ रहेका प्रयोगकर्ताको सीप क्षमता विकास कार्यक्रमका लागि अनुदान दिइएको हो ।

अनुदानका लागि १६ वटा केन्द्रले आवेदन दिएकोमध्येबाट ३ वटा केन्द्र छनौटमा परेका हुन् । छनौट भएको ७ दिनभित्र गृह मन्त्रालयको लागू औष नियन्त्रण शाखासँग सम्झौता गरिसक्न पनि मन्त्रालयले आग्रह गरेको छ। लागू औषध उपचार तथा पुनस्र्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि, २०७७ अनुसार फागुन ३ गते मन्त्रालयले अनुदान (आर्थिक सहायता) वितरण सम्बन्धी सूचना जारी गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर