कोरोना संक्रमण देखिएपछि पूर्वराजारानी निर्मल निवासमा आइसोलेट, स्वास्थ्य सामान्य – Nepal Press

कोरोना संक्रमण देखिएपछि पूर्वराजारानी निर्मल निवासमा आइसोलेट, स्वास्थ्य सामान्य

काठमाडौं । भारत भ्रमणबाट फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई कारोना संक्रमण देखिएको छ । उनीहरु दुवैजना निर्मल निवासमा ‘सेल्फ आइसोलेसन’ मा रहेका छन् ।

आइतबार भारतबाट फिर्ता भएका पूर्व राजारानीले हिजो दिउँसो पीसीआर परिक्षणका लागि स्वाब दिएका थिए । आज ११ बजे उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले पूर्वराजारानी दुवैमा काेराेनाकाे लक्षण  भने नरहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *