बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी – Nepal Press

बाँकेमा कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने तयारी

भेरी अञ्चल अस्पतालमा १९३ जनाको पिसिआर परीक्षण गर्दा १८९ जनामा पोजेटिभ

रूपन्देही । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ ।

डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

गत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।

ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भिर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना विशेष वार्डहरु भरिभराउ भएका छन् ।

यस्तै मंगलबार भेरी अञ्चल अस्पतालमा १९३ जनाको पिसिआर परीक्षण गर्दा १८९ जनामा पोजेटिभ देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *