सुदूरपश्चिम प्रदेश : एमाले प्रवेश गरेका माओवादी सांसद पदमुक्त – Nepal Press

सुदूरपश्चिम प्रदेश : एमाले प्रवेश गरेका माओवादी सांसद पदमुक्त

कैलाली । अछाम १ को ‘ख’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य झपट बोहरा पदमुक्त भएका छन् ।

नेकपा एमाले प्रवेश गरेका बोहरालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो । बोहरा पार्टीमा नरहेको भन्दै माओवादी दलको नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।

सोमबारको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले उक्त पत्रको जानकारी गराएको सुनाएसँगै बोहरा पदमुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर