कांग्रेसद्वारा लकडाउनभन्दा रोकथामका विधि पालना गर्न सुझाव (भिडियो) – Nepal Press

कांग्रेसद्वारा लकडाउनभन्दा रोकथामका विधि पालना गर्न सुझाव (भिडियो)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ रोकथामका लागि लकडाउनभन्दा जनस्वास्थ्य मापदण्डका उपाय कार्यान्वयनमा कडाइ गर्न सरकारलाई सुझाव दिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले उक्त सुझाव दिएको हो । ‘संक्रमण रोकथामका लागि हामीले लकडाउनभन्दा स्वास्थ्य मापदण्डमा कडाइ गर्न सुझाव दिएका छौं’ बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

रोकथामका विधिमा ध्यान दिएर सरकारले जनतालाई सचेत बनाउन आफूहरुले ध्यानाकर्षण गराएको समेत पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर