नयाँ वर्ष मनाउन स्वर्गद्वारी गएका कर्मचारी दुर्घटनामा, प्रशासकीय अधिकृतसहित चारजनाको मृत्यु – Nepal Press

नयाँ वर्ष मनाउन स्वर्गद्वारी गएका कर्मचारी दुर्घटनामा, प्रशासकीय अधिकृतसहित चारजनाको मृत्यु

रूपन्देही । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार गाडी प्यूठानको स्वर्गद्वारी नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

नयाँ वर्षको दिन पारेर धार्मिक तीर्थस्थल स्वर्गद्वारी घुम्न निस्किएका कर्मचारी सवार लु. १ च १६५५ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा प्रशासकीय अधिकृत श्याम न्यौपाने, खरिदार ईश्वरी भण्डारी , कम्प्युटर अपरेटर सूर्य पन्थी र जिप चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक कार्की मुसिकोट- ३, सूर्य पन्थी रेनपा-७, ईश्वरी भण्डारी धुर्कोट-७ र श्याम न्यौपाने स्याङ्जा कालीगण्डकी निवासी हुन् ।

स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्रीकोटदेखि माथि पानीमाथी भन्ने ठाउँमा सो दुर्घटना भएको जनाइएको छ । घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *