आरबीबी- एनभीए भलिबल लिगमा भरतपुर र एपीएफ विजयी – Nepal Press

आरबीबी- एनभीए भलिबल लिगमा भरतपुर र एपीएफ विजयी

काठमाडौं । आरबीबी–एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगको आजको खेलमा महिला तर्फ भरतपुर महानगरपालिका खेलकुद परिषद र नेपाल एपीएफ क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको पहिलो खेलमा भरतपुरले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

भने दोस्रो खेलमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा हराएको हो ।

पहिलो सेट २५-२१ ले जितेको भरतपुरले दोस्रो सेटमा २५-१२ को नतिजा निकाल्यो। तेस्रो सेट २५-१३ले पराजित भएको ढोरपाटनले ५ खेल बाट कुनै पनि अंक जोड्न सकेको छैन ।

दोस्रो खेलको पहिलो सेटमा आर्मीले एपीएफ विरुद्ध २५-१९ को नतिजा निकाले पनि दोस्रो सेटमा एपीएफले २०-१० ले हरायो । प्रतिस्पर्धात्मक खेल्को तेस्रो र चौथो दुबै सेटमा २५-१७,२५-२२ को जित निकाल्दै एपीएफले आर्मीलाई पराजित गर्‍यो ।

जितसहित भरतपुर ४ खेलबाट ३ अंकसहित लिग तालिकाको पाँचौ स्थानमा छ । पराजित ढोरपाटन ५ खेलबाट ० अंकसहित तालिका को पुछारमा छ ।

एपीएफ ४ खेल बाट ७ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ। भने समान खेलबाट ८ अंक सहित आर्मी लिग तालिकाको दोस्रो स्थानमा झरेको छ।सेटको आधारमा पुलिस शीर्ष स्थानमा उक्लेको छ ।

एपीएफले अर्को खेलमा भोलि मंगलबार भरतपुरसँग खेल्नेछ । आर्मीले बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर