मुख्यमन्त्री राईद्वारा खुवालुङ निरीक्षण, किराँत अगुवा र स्थानीयसँग छलफल – Nepal Press

मुख्यमन्त्री राईद्वारा खुवालुङ निरीक्षण, किराँत अगुवा र स्थानीयसँग छलफल

विराटनगर । सप्तकोसी नदीको बीच भागमा रहेको खुवालुङ ढुङ्गाको स्थलगत अध्ययन र अवलोकनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ पुगेका छन् ।

प्राविधिकसहितको टोली लिएर खुवालुङ पुगेका मुख्यमन्त्री राईले किराँत समुदायका अगुवा र स्थानीयसंग छलफल समेत गरेका छन् ।

तमोर, सुनकोसी र अरुणको त्रिवेणीमा रहेको खुवालुङले जेटबोट र स्टिमर सञ्चालन गर्न बाधा पुर्‍याएको छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले स्टिमर सञ्चालनका लागि ढुङ्गोलाई फुटाउने बताएका थिए । प्रधानमन्त्रीले खुवालुङ फुटाउने बताएपछि किराँत समुदाय र साँस्कतिक अभियन्ताले त्यसको संरक्षण अभियानमा लागेका छन् ।

किराँतीको आस्था र पहिचानसँग जोडिएको खुवालुङ फुटाउन नहुने भन्दै किराँत समुदायले विरोधका कारण सरकार एक कदम पछि हटेको छ ।

मुख्यमन्त्री राईले कोसीमा स्टिमर सञ्चालनका लागि पानीको धार परिवर्तन गराउने वा क्रेन प्रयोग गरेर ढुंगालाई सार्न सकिने विषयमा छलफल गरिरहेका छन् ।

किराँत समुदाय खुवालुङको स्वरुप परिवर्तन गर्न नमिल्ने पक्षमा छ । स्थलगत अनुगमनमा मुख्यमन्त्री राईसहित प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, योजना आयोगका उपाध्यक्ष प्याकुरेलसहित प्रदेश सरकारका उच् तहका कर्मचारी पनि खुवालुङ पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर