रामचन्द्र पौडेलको चिन्ताः देशको नेतृत्व गर्नुपर्ने बेलामा पार्टी अधिवेशन नै अलपत्र छ – Nepal Press

रामचन्द्र पौडेलको चिन्ताः देशको नेतृत्व गर्नुपर्ने बेलामा पार्टी अधिवेशन नै अलपत्र छ

बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार निर्माणतिर लक्षित गर्दै कांग्रेसको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । अहिलेको राजनीतिक जटिलतालाई संसदबाटै निकास दिनुपर्ने तर्क गर्दै नेता पौडेलले नयाँ सरकार निर्माणका लागि माओवादी केन्द्र र जसपासित कुरा भइरहेको बताए ।

बागलुङमा मा पत्रकारसँग कुरा गर्दै उनले देशको नेतृत्व गर्नुपर्ने पार्टीको महाधिवेशन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफैं अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद् छ’, वरिष्ठ नेता पौडेलले भने ।

पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताए । उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर