शेयर बजारमा हरियाली, ९० अंकले बढ्दा नेप्से पुन: २५ सय विन्दु माथि – Nepal Press

शेयर बजारमा हरियाली, ९० अंकले बढ्दा नेप्से पुन: २५ सय विन्दु माथि

काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक ९० दशमलव ६७ अंकले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७५ प्रतिशले बढ्दै २५०६.६८ विन्दुमा पुगेको छ । बुधबार भएको कारोबारमा नेप्से परिसूचक २४१६.०१ विन्दुमा रोकिएको थियो ।

आज एक ६६ लाख २२ हजार ७६३ कित्ताको किनबेचमा ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार र बुधबार भारी अंकले घटेको नेप्सेमा बिहीबार भने हरियाली छाएको हो ।

आज सबै समूहको नेप्से परीसूचक बढ्न पुगेको छ । आज भएको कारोबारमा नेपाल इन्फ्रास्ट्रकचर कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । नीफ्राको शेयर ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्ला केही दिनयता लगातार घटेको नीफ्राको सेयर मूल्य आज भने १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ ।

यसैगरी शिखर इन्स्योरेन्सको २४ करोड, नबिलको २० करोड, नेपाल टेलिकमको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी आज सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा चन्द्रागिरि हिल्स रहेको छ ।

चन्द्रागिरी लगायत अन्य दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर