भिल्लारियलमाथिको जितसँगै एट्लेटिकोलाई ५ अंकको अग्रता – Nepal Press

भिल्लारियलमाथिको जितसँगै एट्लेटिकोलाई ५ अंकको अग्रता

एजेन्सी । भिल्लारियलमाथि २–० गोलअन्तरको अवे जितका साथ एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ५ अंकको स्पष्ट अग्रता बनाएको छ ।

एट्लेटिको सन् २०१३-१४ पछि पहिलोपल्ट ला लिगाको उपाधि जित्ने लक्ष्यमा छ । ला लिगा इतिहासमै एट्लेटिकोले अहिलेसम्म १० पल्ट ला लिगा जितेको छ ।

भिल्लारियलका अल्फोन्सो पेड्राजाको आत्मघाती गोलमा एट्लेटिकोले पहिलो हाफमा अग्रता लिएको थियो । जोआओ फेलिक्सले ६९ औं मिनेटमा गोल गरी २–० को आरामदायी जित निश्चित गरे ।

यो नतिजाले एट्लेटिकोलाई दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकको स्पष्ट अग्रतामा कायम राखेको छ । तेस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अगाडि छ । मड्रिड डर्बी मार्च ७ मा एट्लेटिकोले आतिथ्य गर्दैछ ।

एट्लेटिको पछिल्ला तीन खेलमा जितबिहीन यात्रापछि लयमा फर्किएको हो । जसमा च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा चेल्सीसँग ब्यहोरेको १–० को हार पनि समावेश छ ।

उनीहरुले उत्कृष्ट रक्षात्मक शैली यस सिजनको ला लिगामा देखिएको छ । २४ खेलमा एट्लेटिकोले १६गोलमात्र खाएको छ । यद्यपि सबै प्रतियोगितामा गरी पछिल्लो १० खेलमा एट्लेटिकोले गोल नखाएको यही भिल्लारियलसँगको खेलमा मात्र हो ।

सोमबार रियल मड्रिडले रियल सोसिडाडसँग खेल्दैछ । त्यो खेल जितेमा उसलाई दोस्रो स्थानमा उक्लने अवसर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर