देउवालाई रामचन्द्रको जवाफ- पैसाको अभावले आन्दोलन रोकिन्न – Nepal Press

देउवालाई रामचन्द्रको जवाफ- पैसाको अभावले आन्दोलन रोकिन्न

इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।

नेपाल प्रेस सुनसरीले आज बिहान इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले आन्दोलन पैसाले हुने होइन विचारले हुने हाे भन्दै सभापति देउवाको आलोचना गरे । नेपाली कांग्रेसले सर्वोच्चको फैसला मान्ने बताएका पौडेलले प्रधानमन्त्री ओलीको भने आलोचना गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिंदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ।’

कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाएका छन् । पौडेलले सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको बताए ।

उनले प्रदेश सरकारविरुद्ध प्रचण्ड-माधव पक्षीय नेकपाले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको भन्दै आलोचना गरेका छन् ।


प्रतिक्रिया

One thought on “देउवालाई रामचन्द्रको जवाफ- पैसाको अभावले आन्दोलन रोकिन्न

  1. avaagi des ho ki janata.kasto haraami gunda raaj ho yo. Aama ko maasu khane kuput haru des maa rajaai chaleko dherai vayo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर