लगानीकर्ताले शुरु गरे आमरण अनसन, नेप्से सीइओ भन्छन्–घाम ताप्न आएका होलान् – Nepal Press

लगानीकर्ताले शुरु गरे आमरण अनसन, नेप्से सीइओ भन्छन्–घाम ताप्न आएका होलान्

काठमाडौं । ५८ बुँदे माग पूरा नभएको भन्दै लगानीकर्ताले नेप्सेमा आमरण अनसन शुरु गरेका छन् । पूँजी बजार विकास अभियानका अभियन्ता तथा लगानीकर्ता तिलक कोइरालाले अर्थमन्त्रालय, नेप्से तथा धितोपत्र वोर्डले आफूहरुको ५८ बुँदे माग सम्वोधन नगरेको भन्दै अनसन शुरु गरेका हुन्।

‘नेपाल राष्ट्र बैंकले ५८ वुँदाका अधिकांस सुझावहरु सम्वोधन गरेपनि अर्थमन्त्रालय , धितोपत्र वोर्डले कार्यान्वयनमा कुनै पनि चासो नदिएकाले त्यसको विरोध स्वरुप आवरण अनसन शुरु गरिको हो, अभियन्ता तिलक कोइरालाले वताए ।’

२ हजार ७५ सालमा पूर्व अर्थमन्त्री डा . युवराज खतिवडाको पहलमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ५८ बुँदे पूँजी बजार सुधार प्रतिवेदन तयार भएको थियो ।

त्यसमध्ये पनि १८ वटा बुँदा निकै महत्वपूर्ण भएको र ती बुँदाहरु कार्यान्वयनमा अर्थमन्त्रालय वोर्ड र नेप्सेले ढिलाई गरेको भन्दै लगानीकर्ताले आमरण अनसन शुरु गरेका हुन् ।

यस विषयमा नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउदले अहिलेसम्म कुनै पनि जानकारी नभएको बताउँछन् । ‘नेप्सेमा घाम ताप्न सजिलो छ केही मान्छे आएका छन तर मलाई अनसन  हो भन्ने थाहा छैन् ।

लगानीकर्ताले अनसन बस्नुपर्ने कुनै कारण पनि छैन सबै माग सम्वोधन भएकै छ , साउदले भने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर