निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो – Nepal Press

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलहरुलाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आज आयोगमा बोलाएको छ । वैशाख १७ र २७ गते तोकिएको निर्वाचनलाई लक्षित गरेर आचारसंहिताको मस्यौदा आयोगले तयार पारेको छ ।

आचारसंहिताको मस्यौदामाथि छलफल गर्न दलहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपालप्रेसलाई जानकारी दिए । संघीय संसद,प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बोलाएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर