विश्व नम्बर दुई हालेप अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा – Nepal Press

विश्व नम्बर दुई हालेप अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर दुई सिमोना हालेप वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा प्रवेश गरकी छन् ।

शुक्रबार भएको तेस्रो चरणको खेलमा रुसी खेलाडी भेरोनिका कुडेरमेटोभालाई ६–१, ६–३ को नतिजामा पराजित गर्दै दुई पटककी ग्राण्डस्लाम च्याम्पियन हालेप चौथो चरणमा पुगेकी हुन् ।

पहिलो चरणमा अस्ट्रेलियन खेलाडी लिजेट क्याब्रेरालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेकी हालेपले दोस्रो खेलमा पनि अस्ट्रेलियाकै अज्ला टोमल्जानोभिचलाई ४–६, ६–४, ७–५ को नतिजामा पराजित गरेकी थिइन् ।

हालेपले क्वार्टरफाइनल प्रवेशका लागि इगा स्वियाटेक र फियोना फेरोबीचको विजेतासँग खेल्नेछिन् ।

गर्त वर्ष सेमिफाइनसम्म पुगेकी हालेपले २०१८ मा फाइनलसम्म को यात्रा तय गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर