विराटनगरमाथि आर्मीको सहज जित – Nepal Press

विराटनगरमाथि आर्मीको सहज जित

काठमाडौं । विमला विक र शर्मिला थापाको दुई गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकालाई ७–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई सहज जित दिलाउन सपना लामा, रश्मी घिसिङ, र विमला चौधरीले एक-एक गोल गरे ।

शर्मिलाले १८औं मिनेटमा गरेको गोलसँगै खाता खोलेको आर्मीका लागि सपनाले २२औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । त्यसको ९ मिनेट नबित्दै विमला विकले आर्मीका लागि तेस्रो गोल गरिन् ।

त्यसको ४ मिनेटपछि विमला चौधरीले ३५औं मिनेटमा गरेको गोलसँगै आर्मीले ४–० को अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिन ६ मिनेट बाँकी रहँदा रश्मी घिसिङले गोल गर्दै आर्मीको अग्रता ५–० मा पुर्‍याएकी थिइन् ।

पहिलो हाफमा ५–० को अग्रता लिएको आर्मीका लागि ५०औं मिनेटमा विमला विकले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । त्यसको चार मिनेट नबित्दै शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीका लागि ७–० को जित सुनिश्चित गरिन् ।

जितसँगै ९ खेलबाट २२ अंक जोडेको आर्मीले लिग लिडर एपिएफसँगको अंक दूरि २ अंकमा घटाएको छ । ८ खेलबाट २४ अंक जोडेको एपिएफले आगामी खेलमा जित हासिल गरे पुनः ५ अंकको अग्रता बनाउने छ ।

पराजित विराटनगर ९ खेलबाट १० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर