रामकुमारीलाई पक्राउ गर्न निवासमा प्रहरी – Nepal Press

रामकुमारीलाई पक्राउ गर्न निवासमा प्रहरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली शंखमूलस्थित झाँक्रीको निवासमा पुगेको हो ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले झाँक्रीलाई लिन टोली खटाइएको बताए ।

‘उहाँलाई केही सोधपुछका लागि बोलाउन लागेका हौं, हाम्रो टोली परिचालन भएको छ,’ उनले नेपाल प्रेससँग भने ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृत्तिको समेत विरोध गरेकी थिइन् ।

यसै विषयमा सोधपुछका लागि प्रहरीले बोलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर