सहसचिव सुमन अर्याल सचिवमा बढुवा – Nepal Press

सहसचिव सुमन अर्याल सचिवमा बढुवा

काठमाडौँ । सरकारले सुमन अर्याललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को माघ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सहसचिव अर्याललाई विशिष्ट श्रेणी सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा रहेका बढुवा समितिले प्रशासन समूहको रिक्त सचिवमा बढुवा गर्न सहसचिव सुमन अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको थियो ।

यसअघि पनि पहिलो नम्बरमा सिफारिस भएका अर्याल यस पटकको सिफारिसमा पनि पहिलो नम्बरमा नै सिफारिस भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *