निर्वाचन तयारीबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपति कार्यालयमा – Nepal Press

निर्वाचन तयारीबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपति कार्यालयमा

काठमाडौं । निर्वाचन आयोगसँगको छलफल सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको तयारीबारे जानकारी गराउन प्रधानमन्त्री राष्ट्रपति कार्यालय गएको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगइँले जानकारी दिए ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनसम्बन्धी गरेका निर्णय र निर्वाचन आयोगसँग भएको छलफलबारे जानकारी गराउने छन् । सोमबार सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आजै निर्वाचन आयोगका आयुक्तसँगै पदाधिकारीसँग पनि निर्वाचन तयारीबारे छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर