गृहमन्त्रीलाई मिनेन्द्रको सुझाव– चिडियाखानामा गएर बस्नुस् (भिडियो) – Nepal Press

गृहमन्त्रीलाई मिनेन्द्रको सुझाव– चिडियाखानामा गएर बस्नुस् (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान मन्त्रिपरिषदलाई ‘चिडियाखाना’ घोषणा गर्नुपर्ने बताएका छन् ।

सुशील कोइराला सोसलिस्ट युथ सर्कलले गरेको ‘संकटमा संविधान’ विषयक विचार गोठीमा नेता रिजालले गृहमन्त्री रामबहादुर थापाप्रति कटाक्ष गर्दै वर्तमान मन्त्रिपरिषदलाई चिडियाखाना घोषणा गर्न वा आफैं चिडियाखानामा गएर बस्न आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले केही दिनअघि मांसाहारी आन्दोलन गर्नेलाई सरकारले चिडियाखानामा थुन्ने बताएका थिए । कांग्रेस नेता रिजालले गृहमन्त्री थापा आफैं ‘मान्छे मार्ने आन्दोलन’ को कमाण्डर भएको स्मरण गराउँदै आफ्ना गुरु प्रचण्डलाई थापाले धम्क्याउन अस्वभाविक भएको बताए ।

‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफैं गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ । गृहमन्त्रीजी तपाई आफैं चिडियाखानामा जानुस् या मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुस्’, रिजालले भने ।

नेता रिजालले एउटा कम्युनिष्टलाई जिन्दावाद र अर्कोलाई मुर्दावाद भन्ने अवस्थामा कांग्रेस नरहेको भन्दै संविधान र लोकतन्त्रका पक्षमा कांग्रेस उभिने बताए ।

‘हिजो वीपी कोइरालादेखि सुशील कोइरालासम्मलाई राष्ट्रघाती दलाल भन्ने केपी ओली मात्रै थिएनन् । प्रचण्ड, माधव र झलनाथहरु पनि थिए भन्नेकुरा हामीले बिर्सेका छैनौ । त्यसैले दुवै कम्युनिष्टका विरुद्ध कांग्रेस उभिन्छ ।’, रिजालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर