माधव नेपालको दाबी – संसद पुन:स्थापना भए ओली पक्षका २० जनाले साथ दिँदैछन् – Nepal Press

माधव नेपालको दाबी – संसद पुन:स्थापना भए ओली पक्षका २० जनाले साथ दिँदैछन्

काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुन:स्थापना भए केपी शर्मा ओली पक्षका २० जना नेताहरूले आफूहरुलाई साथ दिने वचन दिएको दाबी गरेका छन् ।

आइतबार आफ्ना पक्षनिकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले ओलीले भएभरको शक्ति लगाएर आफूतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरुले अस्वीकार गरेको टिप्पणी गरे ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड-माधव पक्ष आन्दोलित छ । शुक्रबार विराटनगरको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले
अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे सभामुखमार्फत संसद बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

One thought on “माधव नेपालको दाबी – संसद पुन:स्थापना भए ओली पक्षका २० जनाले साथ दिँदैछन्

  1. Reinstate hudaina. Chunab samma ma sabai janata Oli tira, timi haru bakamfuse neta haru ko tauko ganera basa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर