अमेरिकी राजदूतले माधव नेपालसँग भेटे – Nepal Press

अमेरिकी राजदूतले माधव नेपालसँग भेटे

काठमाडौं । नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि राजनीतिक भेटवार्ता बढाएका नेपालका लागि अमेरिकी राजदू र्‍याण्डी बेरीले बुधवार विहान विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् ।

नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिकाको पछिल्लो राजनीतिक विकासक्रम र आपसी हितका विषयमा कुराकानी भएको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा र विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर