ओलीलाई निष्कासन गर्न प्रचण्ड-माधव पक्षले बोलायो स्थायी कमिटी बैठक – Nepal Press

ओलीलाई निष्कासन गर्न प्रचण्ड-माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतबार बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शनिबारको छलफलमा माघ ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको श्रेष्ठले बताए । आइतबार थप एजेण्डासहित स्थायी कमिटी बैठकले नयाँ कार्यक्रम तय गर्नेछ ।

ओली पक्षका लागि प्रदेश पदाधिकारी हटाएर नयाँ समायोजन गर्ने लगायतका अन्य निर्णय हुने उनको भनाइ छ । स्रोतका अनुसार सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने सम्भावना छ ।

प्रचण्ड–माधव पक्षले ओलीलाई केही दिन अगाडि तीन दिनको समय दिएर स्पष्टीकरण मागेको थियो, सो स्पष्टीकरणपत्र बालुवाटारको गेटमा बुझाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर