प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन – Nepal Press
LIVE

प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको राजधानीमा शक्ति प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौको विभिन्न स्थानबाट जुलुसहरु निस्किरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा प्रचण्ड–माधव पक्ष आन्दोलित बनेको हो । आजको प्रदर्शनलाई उनीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । प्रदर्शनमा १ लाख मानिस उतार्ने दावीसमेत गरिएको छ । हिजैदेखि विभिन्न जिल्लाबाट बसमा मान्छे ओसार्न थालिएको थियो ।

विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डप अगाडि जम्मा भएपछि आमसभा हुनेछ । आमसभामा प्रचण्ड, माधवलगायत पार्टीका शीर्ष नेताले सम्वोधन गर्ने छन् । आजको प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंको ट्राफिक अस्तव्यस्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर