संसद विघटनविरुद्ध स्थानीय तहमा भोलि हुने प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल – Nepal Press

संसद विघटनविरुद्ध स्थानीय तहमा भोलि हुने प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध शनिबार देशभरका स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

सभापति देउवाले ७ सय ५३ वटै स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रममा सक्रिय सहभागिता जनाई विरोध प्रदर्शन सफल बनाउन शुक्रबार एक अपिलमार्फत् आग्रह गरेका हुन् ।

कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध जनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर