विघटन त्रुटिपूर्ण छ, सर्वोच्चले सच्याउने आशा छ : पूर्व राष्ट्रपति यादव – Nepal Press

विघटन त्रुटिपूर्ण छ, सर्वोच्चले सच्याउने आशा छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत भएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई बल्खुमा सम्बोधन गर्दै यादवले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम ‘संवैधानिक, राजनीतिक र नैतिक’ रुपमा त्रुटिपूर्ण रहेको उल्लेख गरेका हुन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाले संविधानमार्फत सुनिश्चित उपलब्धिलाई संकटमा पार्न सक्ने भन्दै यादवले सर्वोच्च अदालतबाट उपयुक्त निर्णय हुने विश्वास व्यक्त गरे ।
‘लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि नै संकटमा पर्नसक्ने अवस्था देखिएको छ । संसद विघटन संवैधानिक राजनीतिक र नैतिक हिसाबले त्रुटिपूर्ण छ । मलाई विश्वास छ सम्मानित अदालतले यसमा ध्यान दिनेछ’, यादवले भने ।
त्रिविको ४६ औं दीक्षान्त समारोहमा ५६ हजार ७१३ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर