शान्तिको नाममा लुट – Nepal Press
शान्तिको नाममा लुट

युद्ध पर्यटन कि शान्तिको नाममा लुट ? राज्यको आधा अर्ब रुपैयाँले कार्यकर्ता पोस्न छुट

‘युद्ध पर्यटन’को विकास गर्ने भन्दै वितेको एक दशकमा रोल्पामा झण्डै ५२ करोड ३२ लाख ११ हजार रुपैयाँ खर्च भइसकेको छ। तर, व्यवस्थित योजना बेगर लहडमा सुरु गरिएको ‘पर्यटन विकास’ले जिल्लामा व्याप्त गरिबी, अशिक्षा र स्वास्थ्य सेवालाई गिज्याइरहेको छ।