पल र मलिकाले गरे केन्द्र मोसनसँग सम्झौता : ६ महिनासम्म अन्य म्युजिक भिडियोमा काम गर्न नपाउने – Nepal Press

पल र मलिकाले गरे केन्द्र मोसनसँग सम्झौता : ६ महिनासम्म अन्य म्युजिक भिडियोमा काम गर्न नपाउने

काठमाडौं । ६ महिनासम्म अन्य कम्पनीका म्युजिक भिडियोमा जोडीको रुपमा अभिनय गर्न नपाउने सर्तमा पल शाह र मलिका महतले केन्द्र मोसन पिक्चर्ससँग सम्झौता गरेका छन् ।

कम्पनी निर्देशक अरविन्द पोमु लिम्बुका अनुसार पल र मलिकालाई जोडीको रुपमा लिएर कम्पनीले १० वटा म्युजिक भिडियो निर्माण गर्दैछ । ती सबै भिडियो ६ महिनाभित्र निर्माण हुनेछन् ।

कम्पनीले पल र मलिकालाई मुख्य कलाकारको रुपमा लिएर एक लभस्टोरी फिल्म निर्माणको तयारी थालेको छ । माओत्से गुरुङसहितको टोलीले उक्त स्क्रिप्टमा काम गरिरहेको र लेखन सकिए लगत्तै छायांकन सुरु हुने जनाइएको छ ।

‘खासमा फिल्म सुरु नहुँदैको समयलाई उपयोग गर्न १० वटा म्युजिक भिडियो बनाउने कन्सेप्ट ल्याएका हौं’ उनले भने, ‘६ महिनासम्म जोडीको रुपमा उहाँहरुले अन्य कम्पनीको प्रोजेक्टमा काम गर्न नपाउने सहमति भएको छ र उहाँहरु यसमा सहमत हुनुहुन्छ ।’

अन्य कम्पनीको भिडियोमा काम गर्नुपूर्व कम्पनीको अनुमति लिनुपर्ने पनि उनले जानकारी दिए । पल र मलिकाले हालै उक्त कम्पनीले निर्माण गरेको ‘फूलबुट्टे सारी’ गीतको भिडियोमा अभिनय गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *